वैशाख २०७८
नेपाल एक कृषि प्रधान देश हो, यो कुरा सबैलाइ जानकारी भएकै कुरा हो । बताइ राख्नु पर्दैन । यहाँका ६६ प्रतिशत मानिस कृषि पेशामा आबद्ध छन भनेर पनि प्रायः सबैलाइ जानकारी भएकै विषय हो । तर पनि हामी खाद्यान्न, तरकारी, फलफूल आदिमा आत्मनिर्भर छैनौँ किन त? के तपाइहरूलाइ थाहा छ हामी वार्षिक अरबौँ खाद्यान्न आपूर्ति गर्नका लागि अन्य मूलुकलाइ दिइरहेका छौँ? मेशिनरी उपकरण, लत्ताकपडा, विधुतीय सामाग्री लगायतका अन्य समानहरूको कुरा छाडौँ, कृषि उपजका लागि पनि हामी अन्य मुलुक संग निर्भर रहनुपर्ने अवस्था छ ।
यि समस्याबाट मुक्ति कहिले पाउने त? कसरी बन्ने त आत्मनिर्भर? निर्यात त पछि गर्दै गरौँला पहिले आयात प्रतिस्थापन गर्ने कसरी गर्ने? यि लगायत थुप्रै प्रश्नहरूको जवाफका लागि कहाँ जाने त? सरकार संग जाने कि? विश्वविद्यालय तिर जाने कि? विज्ञ संग जाने पो हो कि? यि सबै कुराको जवाफ त मिल्ला तर दृधकालीन समाधानका लागि भने व्यवहारिक किसिमबाट सोच्नु पर्ला । फेरी व्यवहारिक किसिम भनेको कस्तो हो भन्ने कुरा आउला, व्यवहारिक किसिम भनेको प्रयोगात्मक (Practical) भएर गरिने विचार हो ।
एक पल्ट सोचौँ त विश्व अहिले कहाँ छ र हामी कहाँ छौँ ! प्रविधीमा धेरै मुलुकहरू अगाडी छन् हामी जहाँको त्यहीँ छौँ । कृषि क्षेत्रमा पनि प्रविधी कहाँ सम्म पुगिसकेको छ तर हामी कहा गोरूले खेत जोतिन्छ, प्रयाः सबथोक मान्छेले नै गरिन्छ । कृषि कार्यमा मेशिनको प्रयोग न्यून छ र म्यानुअल धेरै छ । यसबाट उत्पादन लागत अधिक हुन जान्छ । अनि उब्जनी गर्दा जति लागत भेट्न जान्छ त्यसको तुलनामा उत्पादन या त बरावर हुन्छ, नत्र प्रतिफल कम प्रायः भएको पाउँछौँ । यो सबै कि त उपजको न्यून बिक्री मुल्य हुनुपर्दछ कि त हाम्रो उत्पादन प्रविधी महंगो भयो ।
यसको लागि के गर्ने त? कि त कृषि पेशा छाडेर अन्य पेशा तिर लाग्नु पर्यो, कि त प्रविधीमा परिवर्तन गर्नुपर्यो । देशमा रोजगारीको अवशर निकै कम छ । अन्य व्यवसायमा लगानीका लागी पनि जोखिम तेत्तिकै छ । यस्तो अवस्थामा देशका उर्जावान जनशक्ति केहि विकल्प नपाएर वैदेशिक रोजगारी चुनेको हामी पाउँछौँ । तर वैदेशिक रोजगारी आजको समस्याको दृधकालीन समाधान होइन । यदि यही अवस्था कायम रहे पछि अवस्था अझै खराब बन्न सक्दछ । यसका लागि समयमै विचार पुर्याइ समाधान खोज्नु जरूरी देखिन्छ ।